शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार स्वास्थ्य

टिचिङको इमर्जेन्सीमा थपियो १५ शय्या र आधुनिक थ्री टेस्ला एमआरआई

अब एउटै शय्यामा दुई बिरामी राख्नुपर्ने र एमआरआईका लागि बाहिर जानुपर्ने समस्या हट्ने विश्वास
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २८ असार, २०८२ मा प्रकाशित
टिचिङको इमर्जेन्सीमा थपियो १५ शय्या र आधुनिक थ्री टेस्ला एमआरआई
त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा स्थापित आधुनिक एमआरआई र थपिएको १५ शय्यासहितको आकस्मिक कक्षको उद्घाटन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल । तस्बिर : सचिवालय
काठमाडौं, असार २८ :

त्रिवि शिक्षण अस्पतालमा १५ शय्याको इमर्जेन्सी ग्रिन एरिया वार्डको सुरुवात गरिएको छ । साथै आधुनिक थ्री टेस्ला एमआरआई सेवासमेत सुरुवात गरिएको छ ।

यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २० करोड रुपैयाँ दिएको थियो ।

सेवा सुरुआत गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले टिचिङ अस्पतालमा नागरिकको भरोसा बढी भएको भन्दै सरकारी अस्पतालहरुमा धेरै आउनुको कारण यहीँ भएको बताए ।

अस्पतालमा थपिएको सेवाले धेरै नागरिकलाई सुपथ र शुलभ सेवा प्राप्त गर्न सहज हुने भन्दै मन्त्री पौडेलले थप सेवा विस्तार र आधुनिकीकरणमा मन्त्रालयले साथ दिने बताए । ‘टिचिङको सेवा अझ आधुनिक र क्षमता विस्तारमा मेरो साथ रहनेछ,’ मन्त्री पौडेलले भने ।

अस्पतालका निर्देशक प्रा.डा. सुवास आचार्यले मन्त्रालयको सहयोगमा आधुनिक एमआरआई मेसिन प्राप्त भएको भन्दै बिरामीले धेरै पैसा तिरेर अब अस्पतालबाहिर जानु नपर्ने बताए ।

बिरामी संख्या अधिक भए पनि इमर्जेन्सीमा शय्या अभाव हुँदा एकै बेडमा दुई जनासम्म भर्ना गर्नु परेपछि अस्पतालले शय्या थप गरेर इमर्जेन्सी ग्रिन एरियामा १५ शय्या पुर्याएको हो ।

यसअघि आठ शय्या मात्र हुँदा कतिपय अवस्थामा एउटै बेडमा धेरैले उपचार गराउनुपर्ने बाध्यता थियो । अब क्षमता दोब्बर भएकाले बढी बिरामीले राहत पाउनेछन् ।  कम गम्भीर बिरामी रहने एल्लो एरियामा भने अब २० शय्या रहनेछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार