शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
खेलकुद

डेविस कपमा नेपालले खेल्ने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २७ असार, २०८२ मा प्रकाशित
डेविस कपमा नेपालले खेल्ने
काठमाडौं, असार २७ :

डेविस कपमा सहभागी हुन ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टेनिस टोली आइतबार मलेसियाको क्वालालम्पुर जाने भएको छ ।

जुलाइ १६ देखि १९ तारिखसम्म हुने प्रतियोगितामा प्रदीप खड्का, प्रणव मानन्धर, निसान श्रेष्ठ र आयुशमान हजुर घलेले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । प्रशिक्षकमा जितेन्द्र परियार तथा व्यवस्थापकमा जयजीव हाडा छन् ।

ग्रुप ४ को यो प्रतिस्पर्धामा नेपालसहित कुवेत, किर्गिस्तान, मलेसिया, प्यासिफिक ओसिएना, कतार, इराक र फिलिपिन्स गरी ८ राष्ट्र दुई समूहमा बाँडिएर खेल्नेछन् ।

टोलीलाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई, नेपाल टेनिस संघ, तदर्थ समितिका संयोजक मनोहरदास मूललगायतले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार