शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार स्वास्थ्य

‘स्वास्थ्यलाई जोडेर एकीकृत तथ्यांकको काम सुरु भइसक्यो’

राष्ट्रसंघीय क्षेत्रीय मन्त्रीस्तरीय सम्मेलनमा स्वास्थ्यमन्त्री पौडेलको सम्बोधन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १३ असार, २०८२ मा प्रकाशित
‘स्वास्थ्यलाई जोडेर एकीकृत तथ्यांकको काम सुरु भइसक्यो’
काठमाडौं, असार १३ :

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले संयुक्त राष्ट्रसंघीय क्षेत्रीय मन्त्रीस्तरीय बैठकमा नेपालको डिजिटल स्वास्थ्यका क्षेत्रमा भइरहेका प्रयासबारे विश्व समुदायलाई जानकारी गराएका छन् ।

थाइल्यान्डको बैंककमा सम्पन्न सम्मेलनमा नेपालका तर्फबाट सम्बोधन गरेका मन्त्री पौडेलले नागरिकको स्वास्थ्य तथ्यांक छरिएर रहेकामा एकीकृत गर्न नेपालले नीतिगत रुपमा निर्णय गरेर सुधार प्रयास थालिसकेको बताए । नागरिक परिचयपत्रमा जनसंख्यासम्बन्धी जानकारी आबद्ध गराउन थालिएको र स्वास्थ्यलाई समेत जोडेर एकीकृत तथ्यांक लिन नेपालले काम गरिरहेको उनले बताए ।

मन्त्री पौडेलले भने, ‘एकीकृत तथ्यांक अभावमा नीति निर्माणमा देखिएको समस्या अब व्यवस्थित हुने अपेक्षा गरेका छौं । हामीले डिजिटल स्वास्थ्य सुधारमा अन्तरमन्त्रालयस्तरीय सहकार्य अझ व्यापक पार्नेछौं ।’

मन्त्री पौडेलले सम्मेलनका क्रममा राष्ट्रसंघका लागि एसिया प्रशान्त क्षेत्रकी कार्यकारी सचिव अर्मिदा सलिसा अलिसजाभानासँगको वार्ताका क्रममा मन्त्री पौडेलले डिजिटल प्रणाली रुपान्तरणमा प्राविधिक कठिनाइसमेत हुने भएकाले संस्थाबाट सहकार्य अपेक्षा गरिएको बताए ।

उनले घटना दर्ता समावेशी र प्रभावकारी बनाउने कार्यमा नेपालले द्रूत लक्ष्य राखेर काम गरेको बताए । मन्त्री पौडेलले क्षेत्रीय गोलमेच बैठकमा समेत सम्बोधन गरेका थिए ।

सम्मेलनमा नेपालका तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तर्फबाट सहभागी सह-सचिव ढुण्डीराज निरौलाले नेपालका तर्फबाट भइरहेका प्रयासमा एसिया प्रशान्त क्षेत्रबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएकाले थप काम गर्ने हौसला मिलेको बताए ।

उनले जनसंख्या नीति चाँडै ल्याउने गरी मन्त्रालयले काम अघि बढाइरहेको भन्दै यसमा डिजिटल प्रणालीले विशेष भूमिका खेल्ने बताए ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार