शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
खेलकुद

भगवतीलाई पाकिस्तानमा उपाधि

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ८ असार, २०८२ मा प्रकाशित
भगवतीलाई पाकिस्तानमा उपाधि
काठमाडौं, असार ८ :

नेपालकी भगवती खड्काले पाकिस्तानको कराचीमा भएको आरईडब्ल्यू रेस्लिङको महिला सिंगल्स म्याचमा उपाधि जितेकी छन् ।

रेस्लिङमा युनिका उपनामले चिनिने भगवतीले पाकिस्तानकी बेगिसालाई पराजित गरिन् । भगवतीका अनुसार पाकिस्तानमा महिला रेस्लिङ पहिलोपटक भएको हो । २०६९ सालदेखि रेस्लिङ खेल्न थालेकी भगवतीले स्वदेश र विदेशमा गरी हालसम्म करिब ४० विदेशी खेलाडीसँग प्रतिस्पर्धा गरेकी छन् ।

अधिकांश प्रतिस्पर्धामा भगवतीले प्रतिद्वन्द्वीलाई हराएकी छन् । भगवतीले भारत र जापानमा पनि खेलेकी थिइन् ।

सपमानका अवसरमा कलाकार समेत रहेकी भगवतीले ‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे’ बोलको गीत पनि गाएकी थिइन् । आरईडब्ल्यू रेस्लिङमा पुरुषका चार स्पर्धामा पनि प्रतिस्पर्धा भएको थियो । सबै प्रतिस्पर्धा पाकिस्तानी खेलाडीबीच भएको थियो ।

भगवतीको नाम वर्ल्ड बुक अफ रेकर्ड्स लन्डनमा पनि समावेश गरिएको छ । भगवती आफैं अध्यक्ष रहेको संस्था नेपाल महिला रेस्लिङ फाउन्डेसनले सोलुखुम्बुको खुम्बु गाउँपालिकास्थित पाँच हजार ६ सय ४४ मिटरको उचाइमा रहेको कालापत्थरमा रेस्लिङ आयोजना गरेकामा वर्ल्ड बुक अफ रेकर्ड्स लन्डनमा नाम समावेश गरिएको हो ।

गत जेठ १६ (मे २९) ‘एभरेस्ट डे’ का अवसरमा उक्त रेस्लिङ प्रतियोगिता भएको थियो । प्रतिस्पर्धामा भगवतीले अमेरिकी रेस्लर डानियल मोरिसन (डानी मो) लाई पराजित गरेकी थिइन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार