शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार राजनीति

बिपि जयन्तीमा काँग्रेसले १७१ जनालाई सम्मान गर्ने

· आइतबार, २४ भदौ, २०८१ मा प्रकाशित
बिपि जयन्तीमा काँग्रेसले १७१ जनालाई सम्मान गर्ने
चितवन, भदौ २४ :

नेपाली काँग्रेस चितवनले १११ औँ बीपी जयन्तीका अवसरमा पार्टीमा योगदान पुर्‍याएका १७१ जनालाई सम्मान गर्ने भएको छ ।

तीन विधामा विभाजन गरेर सोमबार सम्मान गर्न लागेको हो ।

नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनालले नेपाली काँग्रेस चितवनका पूर्वसभापति एवं गण्डकी प्रदेशका पूर्व प्रदेश प्रमुख पृथ्वीमान गुरुङसहित छ जनालाई विशिष्ट सम्मान गर्न लागिएको जानकारी दिनुभयो ।

बागमती प्रदेशका पूर्वमन्त्री बलराम पौडेलसहित ४१ जनालाई मरणोपरान्त र जिल्लाका ९८ वटा वडाबाट सिफारिस भई आएका  १२५ जनालाई सम्मान गर्न लागिएको खनालले बताउनुभयो ।

पार्टीका महामन्त्री गगनकुमार थापा र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेलको उपस्थितिमा बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको सभाहलमा सम्मान कार्यक्रम गर्ने तयारी छ ।

नेपाली काँग्रेस चितवनले गत वर्ष बिपि जयन्तीमा काँग्रेस नेता डा शेखर कोइरालाको उपस्थितिमा ९० जना र अघिल्लो वर्ष बिपि जयन्तीका अवसरमा पार्टी सभापति शेरवहादुर देउवाको उपस्थितिमा १८३ जनालाई सम्मान गरेको थियो । 

खनालले पार्टीमा विशिष्ट योगदान पुर्‍याएकाहरुलाई सम्मान गरेर उहाँहरुमा ऊर्जा थप्ने काम गरेको बताउनुभयो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार