शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

इजरायल र इरानमा रहेका नेपालीको सुरक्षामा परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण

· सोमबार, २ असार, २०८२ मा प्रकाशित
इजरायल र इरानमा रहेका नेपालीको सुरक्षामा परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण
काठमाडौं, असार २ :

इजरायल र इरान बीच पछिल्लो तीन दिन यता विकसित घटनाक्रमलाई मध्यनजर गर्दै परराष्ट्र मन्त्रालयले ती देशमा रहेका नेपाली नागरिकहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएको छ ।

परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले तेल अभिभ र दोहा स्थित नेपाली राजदूतहरूलाई टेलिफोन गरी ती देशमा रहेका नेपाली नागरिकहरूको सुरक्षालाई उच्च प्रथमिकतामा राखेर काम गर्न,नेपाली समुदायसँग निरन्तर सम्पर्कमा रहन र सम्बन्धित मुलुकले जारी गरेका सुरक्षा सतर्कता सम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा प्रवाह गरी नेपालीहरूलाई निरन्तर रूपमा सुसुसित गर्न निर्देशन दिनुभएको छ ।

हाल इजरायलमा करिब ५ हजार ५ सय र इरानमा करिब १२ जना नेपाली रहेका छन् । दुबै देशमा रहेका सबै नेपाली सुरक्षित रहेको जानकारी आएको परराष्ट्र मन्त्रालयले  प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ ।  

साथै नेपाल सरकारको तर्फबाट सम्बन्धित निकायमार्फत नियमित रूपमा सुरक्षा सतर्कता सम्बन्धी सूचना प्रवाह भइरहेको र नेपालीहरूको हित सुनिश्चित गर्न आवश्यकता अनुसार उपयुक्त कदम चालिने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

इजरायल र इरानमा रहेका नेपाली नागरिकहरूलाई आवश्यक परेमा सम्बन्धित नेपाली दूतावाससँग सम्पर्क गर्न तथा टेलिफोन वा इमेलमा सम्पर्क गर्न समेत आग्रह गरिएको छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार