शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार राजनीति

संसद्को गतिरोध हटाउन रास्वपा र राप्रपालाई सभामुखको आग्रह

‘संवैधानिक सीमाका कारण बजेटमाथिको छलफल सुरु गर्नै पर्ने बाध्यता’
· आइतबार, १ असार, २०८२ मा प्रकाशित
संसद्को गतिरोध हटाउन रास्वपा र राप्रपालाई सभामुखको आग्रह
काठमाडौं, असार १ :

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा जारी अवरोध खुलाउनेबारे आज बिहान राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालसंग बानेश्वरस्थित कार्यकक्षमा छलफल गरेका छन् ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसँग पनि टेलिफोनमा सदन खुलाउने बारे कुराकानी गरेका छन् ।  

रास्वपा कार्यवाहक सभापति अर्यालसँगको छलफलमा  सभामुखले संवैधानिक सीमाका कारण बजेटमाथिको छलफल सुरु गर्नै पर्ने बाध्यता रहेकोले अवरोधको स्वरूप बदल्न र सदनलाई मर्यादित बनाउन आग्रह गरेको बताईएको छ ।

रास्वपा कार्यवाहक सभापति अर्यालले आफूहरूको अवरोध जारी रहने बताउँदै संसद्लाई मर्यादित बनाउने प्रतिबद्धता जनाएको बुझिएको छ ।

सभामुख घिमिरेले राप्रपाका अध्यक्ष लिङ्देनलाई पनि संवैधानिक बाध्यता बुझिदिन आग्रह गरेका थिए ।  

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार