शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

यस वर्ष ४० जना कर्मचारीले पाए निजामती सेवा पुरस्कार

· शनिबार, २३ भदौ, २०८१ मा प्रकाशित
यस वर्ष ४० जना कर्मचारीले पाए निजामती सेवा पुरस्कार
काठमाण्डौँ , भदौ २३ :

निजामती सेवा पुरस्कार ४० जना कर्मचारीलाई प्रदान गरिएको छ।

सिंहदरबारमा आज २१ औँ निजामती सेवा दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले २० औँ निजामती सेवा दिवसका अवसरमा घोषणा गरिएका कर्मचारीलाई पुरस्कार प्रदान गर्नुभएको हो । 

प्रधानमन्त्री ओलीले १० उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जना निजामती सेवा पुरस्कार पाउने कर्मचारीलाई ताम्रपत्रसहित पुरस्कृत गर्नुभएको हो ।

उत्कृष्ट कर्मचारीमा थानेश्वर गौतम, बुद्धबहादुर गुरुङ, कविन्द नेपाल, मानबहादुर खड्का, रामप्रसाद लम्साल, ढुण्डीराज लामिछाने, चन्द्रप्रसाद मिश्र, सुनिलकुमार केसी, लक्ष्मीकृष्ण हमाल र शुभलक्ष्मी लामा हुनुहुन्छ । उक्त पुरस्कार एक लाख राशिको रहेको छ । 

प्रधानमन्त्री ओलीले निजामती सेवा पुरस्कार डा रोशनी लक्ष्मी तुईतुई, कुमार घिमिरे, सुकदेव लम्साल, रेविका अमात्य, राजकुमार केसी, होमनाथ भट्टराई, सङ्गीता स्वाँर, डा डमरु वल्लभ पौडेल, नारायणप्रसाद ज्ञवाली, चुडाराज सापकोटा, शोभा गिरी, नरबहादुर नेगी, मीन पौडेल, सुशीला ज्ञवाली, किशोर पन्थीलाई प्रदान गर्नुभयो ।

त्यस्तै नवराज तामाङ, सुजन जोजिजु, युक्तप्रसाद सुवेदी, मनिता न्यौपाने, शशिधर सेढाइँ, ठाकुरप्रसाद भट्टराई, मनोजकुमार महतो, राजु कटुवाल क्षेत्री, हुर्मत विक, देवकला अर्याल, उमेश भट्टराई, रामप्रकाश साह, दीपकराज पन्त, शान्ता महर्जन र जवाहरलाल अहिरलाई निजामती सेवा पुरस्कार प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि ५० हजार रहेको छ । 

सोही कार्यक्रम यस वर्षको उत्कृष्ट निजामती सेवा र निजामती सेवा पुरस्कार घोषणा गरिएको थियो । सरकारले हरेक वर्ष कर्मचारीलाई सर्वोकृष्ट, उत्कृष्ट र सेवा पुरस्कार प्रदान गर्दै आइरहेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार