शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार राजनीति

सर्वोच्चले संवैधानिक आयोगका ५२ पदाधिकारी विरुद्धको रिटमाथि आज फैसला सुनाउदै

· बुधबार, २८ जेठ, २०८२ मा प्रकाशित
सर्वोच्चले संवैधानिक आयोगका ५२ पदाधिकारी विरुद्धको रिटमाथि आज फैसला सुनाउदै
काठमाडौं, जेठ २८ :

सर्वोच्च अदालतले संवैधानिक आयोगका ५२ पदाधिकारी विरुद्धको रिटमाथि आज फैसला सुनाउदैछ ।  

२०७७ र २०७८ मा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले  अध्यादेशमार्फत १३ संवैधानिक निकायका कुल ६१ पदमध्ये रिक्त रहेको ५२ संवैधानिक आयोगमा पदाधिकारी नियुक्त गरेको थियो ।

अध्यादेश मार्फत गरिएका  ती नियुक्तिहरु विरुद्ध अधिवक्ता ओमप्रकाश अर्याल,सुलभ खरेल,कीर्तिनाथ शर्मा,निशान्तबाबु खड्का,वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले १५ वटा रिट दायर गरेका थिए । सो रिटमा पटक–पटक सुनुवाइ हुँदै आएको भएपनि  फैसला नहुँदै ३२ पदाधिकारीको चार वर्षे कार्यकाल सकिसकेको छ भने बाँकी २० पदाधिकारीको पनि कार्यकाल अब सकिने चरणमा अवस्थामा रहेको छ ।

संवैधानिक परिषद्ले नियुक्तिका निम्ति गरेको सिफारिसलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेकी थिइन् ।

संवैधानिक परिषद्को बैठक तत्कालीन सभामुख अग्निप्रसाद सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवाले भने संविधान विपरित गरिएको भन्दै बहिष्कार गरेका थिए ।

परिषद्को बैठकमा तत्कालीन प्रधानन्यायाधीश चन्द्रशमशेर राणा र राष्ट्रिय सभाका तत्कालीन अध्यक्ष गणेश प्रसाद तिमल्सिना सहभागी भएका थिए ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार