शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
खेलकुद फुटबल

यूईएफए नेसन्स लिग २०२५ को फाइनलमा रोनाल्डोको १३८औं गोल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २६ जेठ, २०८२ मा प्रकाशित
यूईएफए नेसन्स लिग २०२५ को फाइनलमा रोनाल्डोको १३८औं गोल
काठमाडौं, जेठ २६ :

यूईएफए नेसन्स लिग २०२५ को फाइनलमा स्पेनलाई हराएर पोर्चुगलले सोमबार उपाधि जितेको छ ।

क्रिस्टियानो रोनाल्डोको कप्तानीमा पोर्चुगलको टोलीले यो जित हासिल गरेको छ । रोनाल्डोले पोर्चुगलका लागि जितेको यो तेस्रो अन्तर्राष्ट्रिय उपाधि हो ।

पोर्चुगलले पेनाल्टी सुटआउटमा स्पेनलाई ५-३ ले हराएर यो जित हासिल गरेको हो ।

रोनाल्डोले ६१औं मिनेटमा नजिकबाट गोल गर्दै स्कोर २-२ बनाए । यो उनको १३८औं अन्तर्राष्ट्रिय गोल थियो ।

यूईएफए नेसन्स लिग २०२५ को फाइनल जितेपछि रोनाल्डो धेरै भावुक देखिए ।

‘पोर्चुगलका लागि जित्नु मेरा लागि सधैं विशेष हुन्छ । मैले क्लबहरूसँग धेरै ट्रफी जितेको छु, तर पोर्चुगलका लागि जित्नुको अनुभूति फरक र उत्कृष्ट हुन्छ,’ खेल जितेपछि रोनाल्डोले भने, ‘यी खुसीका आँसु हुन्, यो एउटा जिम्मेवारी थियो जुन पूरा भयो र यसले धेरै खुसी ल्यायो ।’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार