बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश गण्डकी प्रदेश कर्णाली प्रदेश

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग ३७ घण्टापछि एकतर्फी सञ्चालन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २५ जेठ, २०८२ मा प्रकाशित
पहिरोले अवरुद्ध कर्णाली राजमार्ग ३७ घण्टापछि एकतर्फी सञ्चालन
कालिकोट, जेठ २५ :

कालिकोटको गाल्जे नजिकै खसेको पहिरोले शुक्रबार बेलुकीदेखि अवरुद्ध कर्णाली राजमार्ग आइतबार बिहान एकतर्फी रूपमा खुलेको छ।  करीब ३७ घण्टापछि एकतर्फी रूपमा राजमार्ग खुलेको हो।

शुक्रबार बेलुकी ४ बजे जुविथा जिउलो क्षेत्रको पानीले पहिरो गएर सुर्खेत–जुम्ला सडक बन्द भएको थियो। गाडी चालक र सहचालकहरूले शनिबार दिनभर पर्खाल लगाएर खोल्न खोजे पनि बेलुकी फेरि पहिरो खसेपछि बाटो पुन: बन्द भयो।

डिएसपी टेकबहादुर रावतका अनुसार, शनिबार रातभर जेसिबी प्रयोग गरेर पहिरो हटाएपछि आइतबार बिहानबाट गाडी चल्न थालेका छन्। साँघुरो बाटोमा पर्खाल खसेका कारण सयौं मालबाहक गाडी रोकिएका थिए।

कालिकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले अहिले ठुला गाडी पनि जानसक्ने अवस्था बनेको जानकारी दिए। सडक डिभिजन जुम्लाको टोलीले मेसिन लिएर पुगेर बाटो खोलेको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार