शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
राजनीति

माओवादीको निर्णय : भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्रीले राजीनामा दिनैपर्छ

पुनले भने- निष्पक्ष अनुसन्धानका लागि गृहमन्त्रीले स्वयं पदबाट राजीनामा दिएर मार्गप्रशस्त गर्नु उपयुक्त हुन्छ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १९ जेठ, २०८२ मा प्रकाशित
माओवादीको निर्णय : भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्रीले राजीनामा दिनैपर्छ
काठमाडौं, जेठ १९ :

भिजिट भिसा प्रकरणमा सेटिङ भएको निष्कर्षसहित नेकपा माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ। माओवादीले गृहमन्त्रीले राजीनामा नदिएसम्म प्रतिनिधिसभा बैठक सञ्चालनमा अवरोध कायम राख्ने निर्णय गरेको हो।

सोमबार बसेको संसदीय दलको बैठकपछि उपमहासचिव वर्षमान पुनले विवादित कर्मचारीलाई अध्यागमन विभागमा पठाउने र अख्तियारले छापा मार्न खोजेपछि फिर्ता बोलाउनेजस्ता अस्वाभाविक गतिविधिहरूले सेटिङ भएको स्पष्ट देखिएको बताए।

‘छानबिन त अवश्य हुन्छ, तर निष्पक्ष अनुसन्धानका लागि गृहमन्त्रीले स्वयं पदबाट राजीनामा दिएर मार्गप्रशस्त गर्नु उपयुक्त हुन्छ,’ पुनले भने, ‘गृहमन्त्रीलाई दोषी ठहर गरेका भने होइनौं, तर छानबिनअघि नै राजीनामा दिनु आवश्यक छ भन्ने निर्णय दलको हो।’ 

माओवादी संसदीय दलको बैठक भोलि पुनः बस्ने छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार