शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
राजनीति

दरबारमार्गमा राजावादीको प्रदर्शनमा प्रहरीको हस्तक्षेप, केही पक्राउ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १७ जेठ, २०८२ मा प्रकाशित
दरबारमार्गमा राजावादीको प्रदर्शनमा प्रहरीको हस्तक्षेप, केही पक्राउ
काठमाडाैं, जेठ १७ :

राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको माग गर्दै जारी आन्दोलनको तेस्रो दिन शनिबार प्रहरीले कम्तिमा दुई जनालाई पक्राउ गरेको छ।

आन्दोलनकारीहरू दरबारमार्गतर्फ जाँदै गर्दा प्रहरीले हस्तक्षेप गर्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो। शुक्रबार राति काठमाडौँ प्रशासनले दरबारमार्ग क्षेत्र निषेधित क्षेत्र घोषणा गरेको थियो।

त्यसविरुद्ध शान्तिबाटिकाबाट त्रिचन्द्रतर्फ प्रस्थान गरेका प्रदर्शनकारीहरूमाथि प्रहरीले हातपात गर्दै हस्तक्षेप गरेको प्रत्यक्षदर्शीहरू बताउँछन्।

राप्रपा केन्द्रीय सदस्य प्रदीप उदयले हामी निषेधाज्ञा उल्लंघन गर्दैनौँ भनेर आग्रह गर्दा पनि प्रहरीले बेवास्ता गरेको र केही युवालाई पक्राउ गरेको उनीहरूको आरोप छ।

 

 

पहिलो र दोस्रो दिनको आन्दोलन शान्तिपूर्ण भए पनि तेस्रो दिन निषेधित क्षेत्र तोकिएपछि  तनाव सिर्जना भएको हो। प्रशासनले आन्दोलनकारीहरू प्रदर्शन गर्ने स्थान नारायणहिटीबाट नजिक भएकाले सुरक्षाको दृष्टिले निषेधित क्षेत्र तोकेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार