शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
राजनीति भिडियो

भिजिट भिसा प्रकरणबारे विपक्षीले मागे गृहमन्त्रीको राजीनामा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १४ जेठ, २०८२ मा प्रकाशित
भिजिट भिसा प्रकरणबारे विपक्षीले मागे गृहमन्त्रीको राजीनामा
काठमाडौं, जेठ १४ :

राष्ट्रिय सभाको आजको बैठकमा पनि गृहमन्त्रीको राजीनामा माग गरिएको छ ।

आकस्मिक समयमा सांसद गोपीबहादुर सार्की अछामीले भिजिट भिसा प्रकरणबारे निष्पक्ष छानबिनको माग गरे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुखसहित केही कर्मचारीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गिरफ्तार गरेको र यस प्रकरणमा गृहमन्त्रीको पनि संलग्नताबारे विषयहरू आइरहँदा राजीनामा गरेर अनुसन्धानमा सघाउनुपर्ने उनको भनाइ छ ।

पछिल्ला विकसित घटनाक्रमको विश्वव्यापी रूपमा नकारात्मक सन्देश गइरहेको पनि उनले बताए । दुईतिहाइको सरकार जनताप्रति जिम्मेवार र जवाफदेही हुन नसकेको आरोप पनि सांसद अछामीले लगाए ।

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले यस विषयमा सभाको ध्यानाकर्षण भएको बताए । गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरूले लगातार दोस्रो दिन पनि प्रतिनिधिसभा बैठक अवरुद्ध गरिरहँदा राष्ट्रियसभाको बैठक भने सञ्चालन भएको छ ।
    
राष्ट्रियसभाको आजको बैठकमा सहरी विकास मन्त्रालय, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ ।

त्यस्तै, आजै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन् समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गर्नु गर्ने कार्यसूची छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार