शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
राजनीति

‘आफ्नै नागरिकमाथि गोली चलाउनु माओवादी हिंसाको चरम कायरता थियो’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १० जेठ, २०८२ मा प्रकाशित
‘आफ्नै नागरिकमाथि गोली चलाउनु माओवादी हिंसाको चरम कायरता थियो’
काठमाडाैं, जेठ १० :

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले माओवादी विद्रोहकालमा जनतामाथि गरिएको हिंसालाई चरम कायरता भनेका छन्।

काठमाडौंमा शनिबार  आयोजित स्व. खगेन्द्रराज रेग्मीको स्मृति सभालाई सम्बोधन गर्दै उनले माओवादीले जनताको अधिकारका नाममा सर्वसाधारणमाथि गोली चलाएको र समाज परिवर्तनमा भूमिका खेल्न सक्ने व्यक्तिहरूलाई निशाना बनाएको बताए।

उनले भने, ‘जनताको पक्षमा भन्दै आफ्नै नागरिकमाथि गोली चलाउनु माओवादी हिंसाको चरम कायरता थियो।’ सिटौलाले यस्ता प्रकृतिका घटनाहरुबारे अहिले चर्चा गर्दा माओवादीका नेताहरुले पनि गल्ती गरेको महसुस गर्ने बताए।

उनले कांग्रेसले पञ्चायतकालदेखि नै जनअधिकारका लागि लड्दै आएको स्मरण गरे ।उनको भनाइमा, लोकतन्त्र र जनअधिकारका लागि दीर्घकालीन संघर्ष गर्ने पार्टी कांग्रेस नै हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार