शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार राजनीति

भ्रामक समाचारप्रति नेपाली कांग्रेसद्वारा निन्दा

· बिहीबार, ८ जेठ, २०८२ मा प्रकाशित
भ्रामक समाचारप्रति नेपाली कांग्रेसद्वारा निन्दा
काठमाण्डौं, जेठ ८ :

पार्टी सभापति शेरबहादुर देउवाको धारणा भनी राजसंस्थाबारे प्रकाशित भ्रामक र कपोलकल्पित समाचारप्रति नेपाली कांग्रेसले ध्यानाकृष्ट भएको जनाएको छ ।

कांग्रेसले आज विज्ञप्तिमार्फत भ्रामक र कपोलकल्पित समाचारको निन्दा र भर्त्सना गरेको हो । कसैले क्षणिक स्वार्थ पूर्ति गर्न राजसंस्थाबारे उहाँको धारणा भनी सञ्चारमाध्यममा गलत सूचना सम्प्रेषण गर्नु अनैतिक र घोर आपत्तिजनक कार्य हो । उहाँले कहीँकतै नबोलेको,नभनेको र नसोचेको कुरालाई मनगणन्ते ढङ्गले आमसञ्चारमाध्यमलाई दुरुपयोग गर्दै प्रचारमा ल्याउनु पत्रकारिताको मर्म र भावना विपरित हो” विज्ञप्तिमा उल्लेख छ ।

त्यस्ता भ्रामक र कपोलकल्पित समाचारको निन्दा र भत्र्सना गर्नुका साथै आन्दोलनबाट प्राप्त उपलब्धिलाई रक्षा गर्न प्रतिबद्ध रहेको दोहो-याउँदै यस्ता समाचारप्रति विश्वास नगर्न आम नागरिकलाई आग्रह गरेको पार्टीका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार