शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

राजदूतहरुद्वारा भक्तपुरका सम्पदाको अवलोकन

· बुधबार, ७ जेठ, २०८२ मा प्रकाशित
राजदूतहरुद्वारा भक्तपुरका सम्पदाको अवलोकन
भक्तपुर, जेठ ७ :

नेपालका लागि विभिन्न २३ देशका राजदूतहरुले हिजो भक्तपुरका ऐतिहासिक सम्पदाहरुको अवलोकन गर्नुभएको छ । आरपी फाउण्डेसका अध्यक्ष एवं सम्पदाविद् रवीन्द्र पुरीको निम्तोमा उहाँहरुले ऐतिहासिक सम्पदाहरुको अवलोकन गर्नुभएको हो ।

अध्यक्ष पुरीले भक्तपुरको दरबार स्क्वायरमा भादगाउँले टोपी र खादा लगाएर २३ राजदूतहरुलाई स्वागत गर्दै ऐतिहासिक सम्पदा एवं मठमन्दिरको अवलोकन गराउनुभएको थियो । सम्पदाविद् पुरीले भक्तपुर दरबारस्क्वायरको राष्ट्रिय कला सङ्ग्रहालय, सुनको ढोका (गोल्डेन गेट), पचपन्न झ्याले दरबार, सुनधारा, तलेजु परिसर, पशुपति मन्दिर, केदारनाथ मन्दिर,पाँचतले मन्दिर,भैरव मन्दिर,सकुलढोका, दत्तात्रय, नमूना घर हुँदै नाग पोखरीस्थित वासुकी घरलगायतको अवलोकन गराउनुभएको हो ।

विभिन्न देशका राजदूतहरुलाई सम्पदाविद् पुरीले भक्तपरको ऐतिहासिक पक्ष, धार्मिक पक्ष, मठमन्दिर, पाटी पौवालगायत बारेमा जानकारी गराउनुभयो । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार