शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार राजनीति

सरकारले जनअपेक्षा अनुरुप काम गर्न नसकेको साउदको आरोप

· शुक्रबार, २ जेठ, २०८२ मा प्रकाशित
सरकारले जनअपेक्षा अनुरुप काम गर्न नसकेको साउदको आरोप
महोत्तरी, जेठ २ :

नेपाली कांग्रेसका नेता एनपी साउदले वर्तमान सरकारले जनअपेक्षा अनुरुप काम गर्न नसकेको आरोप लगाउनुभएको छ ।

नेपाली कांग्रेस महोत्तरीले आज सदरमुकाम जलेश्वरमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता साउदले वर्तमान सरकार दुई तिहाइको मजबुत भए पनि जनताले सोचे अनुसार काम गर्न नसकेको बताउनुभयो ।

नेता साउदले देशमा जनताको प्रत्यक्ष प्रतिनिधित्व रहेको संसद मार्फत विधेयक ल्याएर कानुन निर्माण गर्नु नै संविधानको मर्म अनुरुप हुने उल्लेख गर्नुभयो । ।

उहाँले पार्टीभित्रको सङ्गठन सुदृढीकरण, युवा सहभागिता र सामाजिक न्यायमा आधारित समाजवादतर्फ कांग्रेसले नेतृत्व लिनुपर्ने बेला आएको बताउनुभयो । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार