शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

ट्रक पल्टिएर अवरुद्ध बनेको नारायणघाट-मुग्लिन सडकमा साना सवारी साधन चल्न थाले

· आइतबार, २८ वैशाख, २०८२ मा प्रकाशित
ट्रक पल्टिएर अवरुद्ध बनेको नारायणघाट-मुग्लिन सडकमा साना सवारी साधन चल्न थाले
चितवन, वैशाख २८ :

नारायणघाट-मुग्लिन सडक खण्डको तुईन खोला भन्ने स्थानमा ट्रक पल्टिँदा  पूर्ण रुपमा अवरुद्ध  बनेको सडक एकतर्फी संचालनमा आएको छ ।  

आज बिहान करीब ७ बजे कोइला लोड गरेको वीरगन्जबाट काठमाडौँ आउदै गरेको ट्रक पल्टिदा सो सडक खण्ड अवरुद्ध बनेको थियो ।

अहिले साना सवारी साधन मात्रै संचालनमा आएको प्रहरीले जनाएको छ ।

ट्रक आफैँ अनियन्त्रित भई पल्टिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार अहिले ट्रक अन्यत्र सारेर सडक एकतर्फि खुला गरिएको र दुर्घटनामा मानवीय क्षति नभएको उहाँले बताउनुभयो । दुर्घटनास्थल मुग्लिनबाट दुई किलोमिटर दक्षिणमा पर्छ ।

 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार