शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार राजनीति

मिश्र र प्रसाईंसहित २३ जनामाथि ५ दिनको म्याद थप

· बिहीबार, २५ वैशाख, २०८२ मा प्रकाशित
मिश्र र प्रसाईंसहित २३ जनामाथि ५ दिनको म्याद थप
काठमाण्डौं, वैशाख २५ :

राज्यविरुद्धको कसुर र सङ्गठित अपराध कसुरमा अनुसन्धान गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायत २३ जनामाथि ५ दिनको म्याद थप गरिएको छ ।

जिल्ला प्रहरी पसिसर काडमाडौँका प्रवक्ता,प्रहरी उपरीक्षक अपीलराज बोहराले उहाँहरुलाई आज काठमाडौँ जिल्ला अदालतमा पेश गरिएकामा अदालतले अनुसन्धानका लागि ५ दिनको म्याद दिएको जिल्ला प्रहरी पसिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिनुभयो ।

उहाँहरुविरुद्ध राज्यविरुद्धको कसुर र सङ्गठित अपराधमा अनुसन्धान भइरहेकामा आपराधिक उपद्रव कसुरमा पनि अनुसन्धान थालिएको छ । बयान ढिला भएकाले आपराधिक उपद्रव कसुरमा पछि नै अनुसन्धान थालिएको हो ।  

सङ्गठित अपराध र आपराधिक उपद्रवमा अनुसन्धान भइरहेका अन्य २८ जनाको हकमा भने ७ दिनको म्याद थप भएको बोहराले जानकारी दिनुभयो ।

गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक हुँदा २ जनाको ज्यान गएको थियो भने दर्जनौँ घाइते भएका थिए । सरकारीलगायत निजी संरचनामा आगो समेत लगाइएको थियो भने तोडफोड समेत भएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार