शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

विशेषको फैसलाविरुद्ध सर्वोच्च पुग्यो अख्तियार

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २४ वैशाख, २०८२ मा प्रकाशित
विशेषको फैसलाविरुद्ध सर्वोच्च पुग्यो अख्तियार
काठमाडौं, वैशाख २४ :

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाधार विकास कार्यालय सल्ल्यानका तत्कालीन निमित्त कार्यालय प्रमुख इन्जिनियर विनोद पुनसमेतका प्रतिवादीविरुद्ध विशेष अदालतले गरेको फैसलाउपर चित्त नबुझेको जनाउँदै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

सारा नगरपालिका १५ स्थित सुन्दरडाँडा थाङ्नेखोला सडक निर्माणमा सम्झौताबमोजिमको काम नभएको जनाउँदै आयोगले इन्जिनियर पुनविरुद्ध सात लाख १४ हजार ४१ रुपैयाँबराबरको बिगो दाबी गर्दै दायर गरेको मुद्दामा विशेषले सफाइ दिएकामा त्यसविरुद्ध आयोगले मंगलबार पुनरावेदन गरेको हो ।

यसैबीच, आयोगले बाराको फेटा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरीशंकरकुमार सिंह नेपाल मिडिया हाउस प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक नवराज निरौलासमेत तीनजना र उक्त हाउसउपर गैरकानुनी लाभ तथा राज्यलाई हानि पुर्याएको अभियोगमा विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ ।

फेटा गाउँपालिकाको विद्युत् पोल गाड्ने तथा तार तान्ने कामका निम्ति खरिद प्रक्रियासम्बन्धी बोलपत्र आह्वानको सूचना प्रकाशनमा झुटो विवरण पेस गरी भुक्तानी लिने र दिने दुवैलाई विपक्षी बनाएर मंगलबार आरोपपत्र दायर गरिएको हो । -रासस

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार