शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

भाटभटेनीबाट मदिरा र काजु पिस्ता चोरी गर्ने श्रेष्ठ पक्राउ

· मंगलबार, २३ वैशाख, २०८२ मा प्रकाशित
भाटभटेनीबाट मदिरा र काजु पिस्ता चोरी गर्ने श्रेष्ठ पक्राउ
वैशाख २३ :

नक्सालस्थित भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोरबाट  दुई लाख १८ हजार बराबरको मदिरा र खाद्यवस्तु चोरी गरी फरार एक व्यक्ति पक्राउ परेका छन् ।

यही वैशाख २० गते भाटभटेनी सुपर मार्केटको भुइँ तलामा रहेको ग्रोसरीबाट विभिन्न ब्राण्डका मदिरा,चुरोट,काजु र पिस्तालगायत उच्च मूल्यका खाद्यवस्तु चोरी गरी भागेका दोलखाको बैतेश्वर गाउँपालिका–२ का ३७ वर्षीय विमल श्रेष्ठलाई प्रहरीले भक्तपुरको थिमीबाट नियन्त्रणमा हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँले आज उनलाई सार्वजनिक गरेको छ । श्रेष्ठलाई जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद लिई अनुसन्धान भइरहेको काठमाडौं परिसरका प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

यसैबीच,प्रहरीले रु एक करोड ५० लाख रकम बराबरको जरिवाना भएको मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौँबाट झण्डै दुई वर्षअघि बैंकिङ कसुर मुद्दामा ३० दिन कैद र रु एक करोड जरिवाना ठहर भएका ४७ वर्षीय अमित अग्रवाललाई प्रहरीले आज स्वयम्भूबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि अदालतसमक्ष बुझाइएको प्रहरीले जनाएको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार