शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
फुटबल

जुडो टोली भुटान प्रस्थान

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २३ वैशाख, २०८२ मा प्रकाशित
जुडो टोली भुटान प्रस्थान
काठमाडौं, वैशाख २३ :

प्रथम दक्षिण एसियाली युथ जुडो डेभलोप्मेन्ट प्रतियोगिता तथा क्याम्पमा सहभागी हुन ६ खेलाडीसहित ११ सदस्यीय नेपाली टोली मंगलबार भुटानको थिम्पु प्रस्थान गरेको छ ।

मे ७ देखि १२ तारिखसम्म हुने प्रतियोगितामा बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्र (एमएमएसी) का ४ पुरुष र २ महिला गरी ६ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

पुरुष ४० केजीमुनि विसाज महर्जन र सदिन तामाङ, ५० केजीमुनि जुविन महर्जन तथा ३६ केजीमुनि साइमन तामाङले खेल्नेछन् । महिला ५७ केजीमुनि श्रष्टा नापित तथा ३६ केजीमुनि जेनिशा वाइबा सहभागी हुनेछन् ।

प्रशिक्षकमा योगन्द्र विष्ट, अफिसियलमा नवीन महर्जन, आईटी अफिसियलमा लखनराज थापा मगर र कुलबहादुर कुँवर तथा निर्णायकमा किरण गडेल रहेका छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्य, नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यलगायतले मंगलबारै एक कार्यक्रमबीच बिदाइ गरे । सो अवसरमा उपाध्यक्ष आचार्यले खेलाडीलाई उच्च मनोबलका साथ प्रदर्शन गरी राष्ट्रलाई पदक दिलाउन शुभकामना दिए ।

प्रतियोगितामा नेपालसहित भारत, भुटान र बंगलादेशका ८ टिमको सहभागिता रहने एमएमएसीका मुख्य प्रशिक्षक धर्मकुमार श्रेष्ठले जनाएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार