
काठमाडौं, वैशाख २२ :
प्रधानमन्त्री केपी ओलीले नीति तथा कार्यक्रममाथिको छलफलका लागि प्रतिनिधिसभामा प्रस्ताव प्रस्तुत गरेका छन् ।
ओलीले प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिले यही वैशाख १९ गते दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लिखित आर्थिक वर्ष ०८२/८३ को नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका हुन् ।