शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

नारायणगढ-बुटवल सडक खण्ड संचालनमा आएपनि हिलोले यात्रा अझै जोखिमपुर्ण

· सोमबार, २२ वैशाख, २०८२ मा प्रकाशित
नारायणगढ-बुटवल सडक खण्ड संचालनमा आएपनि हिलोले यात्रा अझै जोखिमपुर्ण
नवलपरासी, वैशाख २२ :

वर्षाका कारण अवरुद्ध भएको पूर्वपश्चिम राजमार्गको नारायणगढ-बुटवल सडक खण्ड संचालनमा आएको छ ।

वर्षाले दाउन्नेमा बाटो हिलो र चिप्लो हुँदा सवारी साधनहरू आवतजावत गर्न कठिनाइ भएपछि हिजो विहानैदेखि सो सडक खण्ड पूर्णरूपमा अवरुद्ध भएको थियो । सडकमा जम्मा भएको हिलो र गेग्रान हटाई हिजो दिउँसोबाट सडक सुचारु गरिए पनि यात्रा जोखिमपुर्ण  रहेको छ ।

सडक निर्माणको काम सुस्त गतिमा भईरहेको छ । सडक निर्माणको काम समयमा नै हुन नसक्दा घाम लाग्दा धुलो र सामान्य वर्षामा पनि सडक हिलाम्य हुँदा यात्रु र स्थानीयले सास्ती भोग्दै आएका छन्  ।

वर्षाले दाउन्नेमा बाटो हिलो र चिप्लो हुँदा सवारी साधनहरूलाई आवतजावतमा कठिनाइ भएको छ ।  पूर्वपश्चिम राजमार्ग भएर यात्रा गर्ने यात्रुहरुले घन्टौ‌ जाममा बस्नुपर्ने बाध्यता छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार