शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

वर्तमान सत्ता गठबन्धन निर्माणमा क्याप्टेन थापाको ठुलो योगदान छ: सभापति देउवा

· शनिबार, १६ भदौ, २०८१ मा प्रकाशित
वर्तमान सत्ता गठबन्धन निर्माणमा क्याप्टेन थापाको ठुलो योगदान छ: सभापति देउवा
काठमाण्डौं, भदौ १६ :

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धन निर्माणमा  क्याप्टेन रामेश्वर थापाको ठुलो योगदान रहेको बताउनुभएको छ ।

शनिवार क्याप्टेन रामेश्वर थापाद्वारा लिखित ‘इन टु द फायर’ पुस्तकको विमोचन कार्यक्रममा सम्बोधन गर्नुहुदै सभापति देउवाले क्याप्टेन रामेश्वर थापाले आफू र प्रधानमन्त्री ओलीलाई नजिक ल्याउने काममा सहयोग गरेको समेत बताउनुभयो ।

उहाले रामेश्वर थापाजीलाई केपी शर्मा ओलीको पार्टीको नजिकको भनेता पनि उहाँ सबैको समर्थक, सबैलाई सहयोग गर्ने व्यक्तिको रुपमा आफुले लिएको र यो लुकाएर लुक्ने कुरा नभएको समेत बताउनुभयो। उहाले भन्नुभयो, ओलीजी र म बिचमा नजिक ल्याउने काममा र यो गठबन्धन बनाउने काममा पनि उहाँको धेरै ठुलो योगदान छ ।

प्रधानमन्त्री ओली समेत उपस्थित सो कार्यक्रममा प्रधानमन्त्री ओली र सभापति देउवा दुवैले नेपालको शान्ति प्रक्रिया, राजनीतिक स्थिरता र विकासका लागि थापाले आफ्नो ज्यान जोखिममा राखेर पनि महत्वपूर्ण भूमिका खेलेकामा प्रशंसा गर्नुभएको थियो ।

प्रधानमन्त्री ओली, सभापति देउवा र बालगुरु आदित्यनाथले थापाको पुस्तक लोकार्पण गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार