शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
मनाेरञ्जन

‘जार’मा अरू फिल्ममा भन्दा १० गुणा बढी मिहिनेत गरें : अनुपविक्रम शाही

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २० वैशाख, २०८२ मा प्रकाशित
‘जार’मा अरू फिल्ममा भन्दा १० गुणा बढी मिहिनेत गरें : अनुपविक्रम शाही
दार्जिलिङ, वैशाख २० :

प्रदर्शोन्मुख फिल्म ‘जार’का प्रमुख अभिनेता अनुपविक्रम शाहीले यो फिल्मको हिस्सा बन्न पाउनु आफ्नो करियरको ठुलो उपलब्धि रहेको बताएका छन् ।

फिल्मको प्रचारप्रसारको क्रममा भारतको दार्जिलिङ पुगेका शाहीले स्थानीय पत्रकारहरूसँग कुरा गर्दै इन्द्रबहादुर राईद्वारा लिखित नेपाली समाजको ऐतिहासिक कृतिमाथिको फिल्ममा अभिनय गर्न पाउनु नै आफ्नो लागि गर्वको कुरा रहेको बताए ।

‘यो फिल्म मेरो लागि थप विशेष छ, मैले विगतमा गर्दै आएको पात्रबाट बाहिर निस्केर यो पटक बिलकुलै फरक पात्रलाई बोकेको छु,’ उनले भने, ‘जारको हर्षजित पात्रमा तयार हुन मैले अन्य फिल्ममा भन्दा १० गुणा बढी मेहनत गरेको छु ।’ सिक्किम र दार्जिलिङका स्थानीय दर्शकसँग नजिकबाट साक्षात् गर्न पाउँदा खुसी लागेको बताउँदै उनले गोर्खाली पुर्खाको वास्तविक विगतलाई नजिकबाट थाहा पाउन ‘जार’ उपयुक्त विकल्प रहेको बताए ।

निर्देशक फुर्वाछिरिङ लामाले ‘जार’ ले सयौँ वर्ष पुरानो गोर्खाली समाजको कथा बोलेको भन्दै गोर्खाली नयाँ पुस्तालाई नै आफ्नो फिल्म समर्पित गरिएकाले हेरेर साथ दिन आग्रह गरे । ‘यो फिल्म हामीले गोर्खालीकै लागि तयार गरेका हौँ,’ आईबी राईज्यूको कथालाई जस्ताको तस्तै पर्दामा उतार्ने कोसिस गरेका छौँ,’ उनले भने ।

कार्यकारी निर्माता ज्योति क्षेत्रीले एउटा उत्कृष्ट फिल्म तयार गर्न लगानीमा कुनै कम्प्रमाइज नगरिएको बताइन् । सिक्किम प्रिमियरमा प्राप्त दर्शक समीक्षाले उत्साहित बनाएको बताउँदै निर्माता क्षेत्रीले यही मे ९ (वैशाख २६) बाट फिल्म प्रदर्शनमा आउँदा सिक्किम, दार्जिलिङ र नेपाल सबै ठाउँका दर्शकबाट साथ र माया पाउने विश्वास व्यक्त गरिन् । यो फिल्ममा अनुपविक्रमसँगै सौगात मल्ल र भारतीय राष्ट्रिय चलचित्र पुरस्कार विजेता अभिनेत्री गीताञ्जली थापाको प्रमुख अभिनय छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार