शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
राजनीति

एमाले सांसदलाई प्रधानमन्त्रीको निर्देशन- नीति तथा कार्यक्रम सही छन्, ढुक्कले समर्थन गर्नुस्

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २० वैशाख, २०८२ मा प्रकाशित
एमाले सांसदलाई प्रधानमन्त्रीको निर्देशन- नीति तथा कार्यक्रम सही छन्, ढुक्कले समर्थन गर्नुस्
काठमाडाैं, वैशाख २० :

प्रधानमन्त्री एवं नेकपा (एमाले) संसदीय दलका नेता केपी ओलीले सङ्घीय संसद्मा शुक्रबार प्रस्तुत सरकारको नीति तथा कार्यक्रम देशमा राजनीतिक स्थायित्व, विकास र सुशासनका लागि सही ढङ्गले आएकाले ढुक्क भएर दृढतापूर्वक तिनलाई समर्थन गर्न आफ्नो दलका सांसद्हरुलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको नेकपा (एमाले) संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले देशमा स्थिर सरकार, राजनीतिक स्थायित्वका साथ सुशासन कायम गरी अर्थतन्त्रको विकासलाई तीव्र गतिमा अगाडि बढाउने सरकारले लक्ष्य लिएको बताए ।

‘हाम्रा नीतिहरु सही छन्, यसमा साथीहरु ढुक्कले लागे हुन्छ । संसदीय प्रक्रियामा विपक्षीले विरोधका लागि विरोध गर्ने भएकाले तिनका कुरामा सत्यता छ कि भनेर लाग्नुपर्दैन । हामीले सही कुराको पक्ष दृढतापूर्वक लिनुपर्छ । हामीले विपक्षमा रहँदा सही कुराको विरोध गरेका थिएनौँ ।,’ पार्टी अध्यक्ष ओलीले भने, ‘हाम्रो दलमा वैचारिक एकता  छ । स्पष्टता र दृढता हामीसँग छ, यो स्पष्टता र दृढतालाई संसद्का गतिविधिमा अझ प्रभावकारी रूपमा प्रकट गर्नुहुनेछ भन्ने विश्वास लिएको छु।’

प्रधानमन्त्री ओलीले विकासका दृष्टिले पछाडि परेको समूहको उत्थान हुनेगरी सरकारले काम गरिरहेको जनाउँदै समाजप्रति उत्तरदायी, प्रतिपक्षप्रति संवैधानिक रूपमा सहकार्य, शान्ति सुुव्यवस्थाप्रति जिम्मेवर र आम जनताप्रति जवाफदेही भएर नीति तथा कार्यक्रम ल्याइएको बताए ।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार समाजमा विकासको प्रतिफल प्राप्त गर्नबाट वञ्चितहरुको पहुँच वृद्धि हुनुपर्छ भन्नेमा स्पष्टताका साथ सरकार अघि बढेको बताउँदै उनले राष्ट्रिय र मानवीय हितलाई केन्द्रमा राखेर छिमेक तथा अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्दै आएको उल्लेख गरे ।

दलको बैठकमा नीति तथा कार्यक्रमबारे एमालेका उपमहासचिव एवं प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल र आर्थिक विकास सल्लाहकार डा युवराज खतिवडाले मुलुकको समसामयिक राजनीति तथा आर्थिक उन्नयनका अवसर र चुनौतीबारे  विचार व्यक्त गर्ने कार्यक्रम छ । त्यसपछि सांसदहरुबीच छलफल हुने छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार