पाटन संयुक्त क्याम्पसमा आज स्ववियु निर्वाचन जारी रहेको छ। बिहानैदेखि विद्यार्थीहरूले उत्साहपूर्वक मतदान गरिरहेका छन् ।
यसअघि २०८१ चैत ५ गतेका लागि तय गरिएको निर्वाचन स्थगित भएको थियो। निर्वाचन स्थगित भएपछि नयाँ मिति तय गर्दै चैत १६ गते मतदान गरिने भनिएको थियो। तर स्ववियु निर्वाचन गराउन माग गर्दै उच्च अदालत पाटनमा दायर भएको उत्प्रेषण निवेदनमाथि सुनुवाइ गर्दै अदालतले चैत २५ गते तत्काल निर्वाचन गराउन अन्तरिम आदेश दिएको थियो।
अदालतको आदेशपछि क्याम्पसमा क्रियाशील प्रमुख विद्यार्थी संगठनहरूको बैठक बसेर निर्वाचन गर्ने सहमति भएको हो।
निर्वाचन शान्तिपूर्ण वातावरणमा भइरहेको क्याम्पस प्रशासनले जनाएको छ। उम्मेदवारहरू मतदान स्थल वरपर प्रचारमा जुटिरहेका छन् भने सुरक्षाकर्मीहरू पनि तैनाथ गरिएका छन्।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।