काठमाडौं, वैशाख १९ :

सरकारले ल्याएको आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत भइरहेको छ ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् ।

बैठकमा सांसद, उपराष्ट्रपति, कामु प्रधानन्यायाधीश, संवैधानिक निकायका पदाधिकारी, सरकारका उच्चपदस्थ अधिकारी, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, निजी क्षेत्रका प्रतिनिधिहरू पनि सहभागी छन् ।

हेर्नुहोस् लाइभ :