शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

नक्कली लाइसेन्स पेस गर्ने शिक्षकमाथि भ्रष्टचार मुद्दा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १६ वैशाख, २०८२ मा प्रकाशित
नक्कली लाइसेन्स पेस गर्ने शिक्षकमाथि भ्रष्टचार मुद्दा
काठमाडौं, वैशाख १६ :

सिरहाको धनगढीमाई नगरपालिका ९, चैनपुरमा रहेको महावीर माध्यमिक विद्यालय चैनपुरमा झुटा अध्यापन अनुमतिपत्र पेस गरी सेवा गरेको अभियोगमा एक शिक्षकमाथि भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झुटा (नक्कली) अध्यापन अनुमतिपत्र (लाइसेन्सी) पेस गरी काम गरेको अभियोगमा शिक्षक टीकबहादुर मगरमाथि आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

आयोगका अनुसार विद्यालयको मावि तहमा नियुक्तिका लागि झुटा अनुमतिपत्र पेस गरी भ्रष्टाचारजन्य कसुर गरेको भन्ने उजुरी निवेदनमा अनुसन्धान हुँदा निज टीका भन्ने टीकबहादुर मगरले निमावि तहको अध्यापन अनुमति पत्रलाई मावि तहको बनाइ पटकपटक झुटा कागजात पेस गरी राष्ट्रसेवक कर्मचारीका रूपमा ओहदा, लाभ र सुविधासमेत प्राप्त गरेका छन् ।

आरोपित शिक्षकमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा ९१० बमोजिम कैद र जरिवाना सजाय माग दाबी गरेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार