शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

अवैध कारोबार गर्ने २१ जना पक्राउ

· मंगलबार, १६ वैशाख, २०८२ मा प्रकाशित
अवैध कारोबार गर्ने २१ जना पक्राउ
काठमाण्डौं, वैशाख १६ :

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विभिन्न ११ जिल्लाबाट अवैध वित्तीय कारोबार गर्ने २१ जनालाई पक्राउ गरेको छ ।

आन्तरिक विप्रेषण बन्द भएको अवस्थामा विदेशबाट विप्रेषणमार्फत प्राप्त हुने रकम आप्रवाहमा अवरोध गरी विभिन्न नाममा अवैध कारोबार गर्नेलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूले रु १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १०७ बराबरको अवैध कारोबार गरेका अनुसन्धानका क्रममा खुलेको ब्यूरोका प्रवक्ता सुधिरराज शाहीले जानकारी दिनुभयो ।

सो समूहले अवैध कारोबारबाट प्राप्त गरेको गैरकानुनी रकमलाई डिजिटल वालेटका नाममा नेपालमा रहेका विभिन्न बैंक खातामा जम्मा गराउने गरेका पाइएको उहाँले बताउनुभयो ।

प्रवक्ता शाहीका अनुसार ब्यूरोले विरेन्द्रप्रसाद साह,दिपेन्द्रप्रसाद साह,श्रवणकुमार साह,तारालाल यादव,हरेराम महतो,निरोजकुमार महतो,अलितादेवी महतो,प्रकाश सिंह,अरुणकुमार साह,प्रदीपकुमार साह,सञ्जिवकुमार महतो,राजकमल लोनिया,भीमकुमारी गुरुङ,रामविलास साह तेली,ममताकुमारी साह,विकर्णजङ्ग राणा,गणपति पाण्डे, सलमा खातुन,सुशिलाकुमारी साहू,गोविन्दप्रसाद आचार्य र सम्भु मेहतालाई पक्राउ गरेको हो ।

उनीहरूले अवैध कारोबार गरेको र नेपाल राष्ट्र बैंक ऐन विपरितको गतिविधि गरेको पाइएकाले थप कारबाही अगाडि बढाइने उहाँले बताउनुभयो । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार