शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
खेलकुद

नेपालमा विश्व ताइची तथा छिकुङ दिवस मनाइयो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १४ वैशाख, २०८२ मा प्रकाशित
नेपालमा विश्व ताइची तथा छिकुङ दिवस मनाइयो
काठमाडौं, वैशाख १४ :

नेपालमा विश्व ताइची तथा छिकुङ दिवस मनाइएको छ । नेपाल उमा कुङफु संघको आयोजनामा विभिन्न कार्यक्रम गरी दिवस मनाइएको हो ।

शंखपार्कमा भएको कार्यक्रममा दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता उसुका आङबाबु लामा र सहभागीले प्रदर्शनी खेल प्रस्तुत गरेका थिए । आङबाबु, उमा कुङफु संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सन्जितकुमार राई, उपाधयक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक भूपेन्द्र गुरुङले कार्यक्रममा उपस्थितलाई ताइची तथा छिकुङको महत्त्वबारे प्रकाश पारेका थिए ।

सोही अवसरमा उमा कुङफु संघले विगत लामो समयदेखि यो खेलमा संलग्न श्यामप्रसाद गौतमको अध्यक्षतामा ९ सदस्यीय शंखपार्क ताइची तथा छिकुङ शाखा गठन गरेको थियो । संघले ५ दशकदेखि यो खेलमा क्रियाशील उमा कुङफुका मुख्य प्रशिक्षक दीपक श्रेष्ठलाई पनि सम्मान गरेको थियो । नेपाल ताइची क्वान् महासंघका अध्यक्ष कर्मा लामा, अध्यक्ष राई, उपाध्यक्ष गुरुङ, उपाध्यक्ष रमेश महर्जनलगायतले मुख्य प्रशिक्षक श्रेष्ठलाई दोसल्ला र सम्मान पत्र प्रदान गरी सम्मान गरे । कार्यक्रममा २ सय भन्दा बढीको सहभागिता रहेको संघले जनाएको छ ।

‘एकै विश्व, एकै स्वास’ भन्ने नारासहित १९९९ देखि विश्वका विभिन्न देशमा यो दिवस मनाउन सुरु गरिएको हो । नेपालमा विगत २० वर्षदेखि विविध कार्यक्रम गरी दिवस मनाउन थालिएको उपाध्यक्ष गुरुङले जनाएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार