शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
अर्थतन्त्र सेयर बजार भिडियो

झन्डै ८ अंकले नेप्से घट्दा ९ अर्बको कारोबार

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ८ वैशाख, २०८२ मा प्रकाशित
झन्डै ८ अंकले नेप्से घट्दा ९ अर्बको कारोबार
काठमाडौं, वैशाख ८ :

साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार ७.७५ अंकले घटेको छ । २,६९८.२८ विन्दुमा रोकिएको सेयर बजारमा ८ अर्ब ७७ करोड ५७ लाख २० हजार २९३ रुपैयाँबराबरको कारोबार भयो ।

सोमबार ३१९ कम्पनीको ७८ हजार ६ सय ७८ पटक खरिदबिक्रीमा २ करोड १२ लाख ३ हजार ७ सय ६६ कित्ता सेयर किनबेच भए ।

जसमा सबैभन्दा बढी नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले ९.९९ प्रतिशत कमाए । यसबाहेक क्रेस्ट माइक्रो लाइफका सेयरधनीले ९.९९ प्रतिशत नै कमाउँदा कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.८८ प्रतिशत प्रतिसेयर आम्दानी गरे । त्यसैगरी युनिभर्सल पावर कम्पनी र नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताले क्रमशः ९.८० र ९.०७ प्रतिशत कमाएका छन् ।

गुडबिल फाइनान्सको डिबेन्चरले भने सोमबार ७.७५ प्रतिशतले घाटा बेहोर्नुपर्‍यो  । एनएमबी हाइब्रिड फन्डका लगानीकर्ताले पनि ७.७० प्रतिशतले घाटा बेहोरे ।

सोमबार ङादी ग्रुप पावरको ५३ करोड, युनिभर्सल पावरको ५२ करोड, हाइड्रोइलेक्ट्रिसिटी डेभलपमेन्टको ४३ करोड, हिमालयन पावर पार्टनरको ३५ करोड र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ३१ करोडको कारोबार भएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार