बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश कर्णाली प्रदेश

मन्दिरको गेट भत्केर च्यापिँदा एक जनाको मृत्यु

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ६ वैशाख, २०८२ मा प्रकाशित
मन्दिरको गेट भत्केर च्यापिँदा एक जनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।
रुकुम, वैशाख ६ :

रुकुम-पश्चिमको मुसिकोट नगरपालिका–४ मुसीडाँडामा गेट निर्माणका क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ ।

मुसिकोट नगरपालिका–४ का ५८ वर्षीय खीमबहादुर गिरीको गेटले च्यापिएर मृत्यु भएको हो । आज दिउँसो मुसीडाँडास्थित मन्दिरको गेट निर्माणका क्रममा पुरानो गेट भत्किदा गिरीको च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम–पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए।

उनका अनुसार घटना भएको खबर पाए लगत्तै प्रहरी निरीक्षक पाठकको नेतृत्वमा आठ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनास्थलमा पुगेर घटनाको बारेमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार