शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
खेलकुद

विष्णुबहादुर सिंहलाई तालिम विभागको जिम्मेवारी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ५ वैशाख, २०८२ मा प्रकाशित
विष्णुबहादुर सिंहलाई तालिम विभागको जिम्मेवारी
काठमाडौं, वैशाख ५ :

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विष्णुबहादुर सिंहलाई तालिम तथा प्रशिक्षण विभागको निर्देशकको जिम्मेवारी दिएको छ । राखेपका सदस्य-सचिव टंकलाल घिसिङले सिंहलाई शुक्रबार पत्र प्रदान गरे ।

यसघिका निर्देशक शोभितराज प्रसाईंले ५८ वर्षे उमेर हदका कारण शुक्रबारैदेखि अनिवार्य अवकाश पाएपछि रिक्त पदमा सिंहलाई ल्याइएको हो ।

सोही अवसरमा प्रसाईंलाई पनि मायाको चिनो प्रदान गरी बिदाइ गरिएको थियो । त्यस्तै हालै विभागको उपनिर्देशकको जिम्मेवारी पाएका अरुणा गुरुङ, राजेश्वरमान स्थापित र जगदीशप्रसाद भट्टलाई सफल कार्यकालका लागि शुभकामना दिइएको थियो ।

उनीहरुलाई राखेप कार्यकारी समितिका सदस्यद्वय कमलबहादुर भट्टराई र भानबहादुर चन्दलगायतले नयाँ जिम्मेवारी पाएकोमा बधाइ दिँदै प्रसाईंलाई बिदाइ गरेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार