शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
राजनीति बागमती प्रदेश

अध्यक्ष ओलीले नेताहरुलाई एकएक गरी सिस्नु लगाएपछि...

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १ वैशाख, २०८२ मा प्रकाशित
अध्यक्ष ओलीले नेताहरुलाई एकएक गरी सिस्नु लगाएपछि...
काठमाडाैं, वैशाख १ :

नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले नयाँ वर्षको अवसरमा पार्टी नेताहरुलाई सुदूरपश्चिमको परम्परागत शैलीमा सिस्नु लगाएर शुभकामना दिएका छन्।

ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय च्यासलमा सोमबार  बसेको सचिवालय बैठकमा सहभागी भएका नेताहरुलाई अध्यक्ष ओलीले सुदूरपश्चिमको ‘बिसु पर्व’ मनाउँदै सिस्नु लगाएका हुन्।

अध्यक्षले सबै इन्चार्जहरूलाई सिस्नु लगाएर नयाँ वर्षको शुभकामना दिएको एमाले सचिव लेखराज भट्टले जानकारी दिए ।

नयाँ वर्षमा सुदूरपश्चिममा बिसु पर्व मनाइन्छ, जहाँ सिस्नु लगाएर पुराना रोगव्याधि टाढा बनाउने र नयाँ वर्ष सुखमय होस् भन्ने विश्वास गरिन्छ।

जहाँ सिस्नु परम्परालाई सुदूरपश्चिममा वर्षभरिका कुरालाई बिर्सिएर सम्बन्ध सुधार्ने प्रतीकको रूपमा लिइने गरिन्छ। त्यसो त एमालेमा पनि अध्यक्षले लगाएको सिस्नुले को को नेता सुध्रिन्छन् त्यो त आगामी दिनमा स्पष्ट हुने नै छ ।

सोमबारको  सचिवालय बैठकले पार्टीको ७६ औं स्थापना दिवस वैशाख ९ गते मनाउने र वैशाख ११ गते राजधानीको टुँडिखेलमा शक्ति प्रदर्शन गर्ने तयारीलाई अन्तिम रुप दिएको छ।

त्यस दिन सात जना वरिष्ठ कम्युनिष्ट नेताहरूलाई ‘कम्युनिष्ट योद्धा’ का रूपमा सम्मान गर्ने र सोही दिन ‘पुराना कम्युनिष्ट नेताहरूको स्मरण पुस्तक’ सार्वजनिक गर्ने पनि एमाले निर्णय गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार