शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार लुम्बिनी प्रदेश

वर्षाले दाउन्ने क्षेत्रमा सडक अवरुद्ध, यात्रुलाई सास्ती

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २८ चैत, २०८१ मा प्रकाशित
वर्षाले दाउन्ने क्षेत्रमा सडक अवरुद्ध, यात्रुलाई सास्ती
तस्बिर : रासस
नवलपुर, चैत २८ :

वर्षाका कारण नारायणघाट–बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा सडक अवरुद्ध भएको छ। धुलोमैलो बाटोमा  बिहीबार बिहानदेखि परेको हल्का वर्षाले सडक हिलो र चिप्लो भइ यातायात ठप्प भएको हो।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बिहान ९ बजेदेखि दाउन्ने खण्डमा सवारी आवागमन रोकिएको छ। त्यस क्षेत्रमा सडक विस्तारको काम भइरहेको छ । बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी सञ्चालनमा प्रतिबन्ध लगाइएको छ। तर, गाडी चल्न दिने समयमा पनि अवरुद्ध भएपछि यात्रुहरू थप सास्तीमा परेका छन्।

अवरुद्ध सडक खोल्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपालले जानकारी दिए। उनका अनुसार सडकको चिप्लोपन कम गर्न र सवारी सञ्चालन सामान्य बनाउन सुरक्षाकर्मी र सम्बन्धित निकायले प्रयास गरिरहेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार