शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

जाजरकोटमा भूकम्प आउँदा भाग्ने क्रममा तीन जना घाइते

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २३ चैत, २०८१ मा प्रकाशित
जाजरकोटमा भूकम्प आउँदा भाग्ने क्रममा तीन जना घाइते
काठमाडौँ, चैत २३ :

जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार साँझ गएको भूकम्पका क्रममा तीन जना घाइते भएका छन् । 

जाजरकोटको कुशे गाउँपालिका ९ पैक केन्द्रबिन्दु भएर राति ८ बजेर १० मिनेटको समयमा गएको भूकम्पको त्रासले घरबाट भाग्ने क्रममा तीन जना घाइते भएका हुन्।

घाइते हुनेमा भेरी नगरपालिका- २ रिसाङका ओपेन्द्र कार्कीको ४९ वर्षीया श्रीमती कमला कार्की, भेरी नगरपालिका- ४ का ३४ वर्षीय सुरेश श्रेष्ठ र नलगाड नगरपालिका- १२ का २२ वर्षीय वीरेन्द्र भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

घाइतेहरू जिल्ला अस्पताल जाजरकोटमा उपचार गरेर डिस्चार्ज  भएका छन् । यस्तै भूकम्पबाट भेरी नगरपालिका १० बस्ने कमला गोसाईंको १ तले पक्की घरको कोठाको पर्खाल समेत भत्किएको छ । शुक्रवार राति ८ बजेपछि जाजरकोटमा ३ मिनेटको फरकमा दुई भूकम्प गएका थिए । 

भूकम्पको धक्का कर्णाली, सुदूरपश्चिम, बागमती र लुम्बिनीका जिल्लाहरूमा समेत महसुस गरिएको थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार