जर्मनीका रोटरी भोलेन्टियर डा ईभी तथा रोटरी क्लब अफ धुलिखेलको आर्थिक सहयोगमा धुलिखेल अस्पताल र शिर मेमोरियल अस्पताल, बाँकेको कोहलपुरस्थित कौशल्या मेमोरियल अस्पताल र नवलपरासीको बर्दघाटस्थित सहिद स्मृति अस्पताललाई ३६ वटा हेमोडायलाइसिस मेसिन प्रदान गरिएको छ ।
आज धुलिखेलमा एक कार्यक्रमबीच धुलिखेल, शिर मेमोरियल र कोशल्या मेमोरियललाई १०-१० थान तथा सहिद स्मृति अस्पताललाई छ थान मेसिन हस्तान्तरण गरिएको हो । रोटरी क्लब अफ धुलिखेलका अध्यक्ष ज्योत्सना सैँजुका अनुसार ती मेसिन कूल पाँच करोड बढी मूल्यका हुन् ।
यसैबीच सोही कार्यक्रममा स्थानीय तह तथा संस्थाको साझेदारीमार्फत ब्लड बैंक तथा रिसर्च सेन्टर र विद्युतीय शवदाह गृह निर्माणका लागि सम्झौता गरिएको छ ।
धुलिखेल अस्पताल, धुलिखेल नगरपालिका र रोटरी क्लब अफ धुलिखेलको त्रिपक्षीय साझेदारीमा ब्लड बैंक तथा रिसर्च सेन्टर स्थापनाका साथै धुलिखेल नगर र रोटरी क्लब अफ धुलिखेलको साझेदारीमा विद्युतीय शवदाह गृह निर्माण गर्न आजै सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।
यी संरचना निर्माणार्थ कुन मोडलमा जाने भन्ने विषयमा अबका बैठकले तय गर्ने धुलिखेलका नगरप्रमुख अशोक ब्याञ्जूले जानकारी दिए ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
बालबालिका, गर्भवती र सुत्केरी महिलालाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्यमन्त्री मेहता भन्छिन् : ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो
देशका १२ सङ्घीय अस्पतालमा शवगृह बनाइने, प्रत्येकमा कम्तीमा ५० शव अट्ने