शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
खेलकुद

वाको किक बक्सिङ वर्ल्ड कपका लागि पाँच खेलाडी छनोट, आजबाट बन्द प्रशिक्षण सुरु

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १२ चैत, २०८१ मा प्रकाशित
वाको किक बक्सिङ वर्ल्ड कपका लागि पाँच खेलाडी छनोट, आजबाट बन्द प्रशिक्षण सुरु
काठमाडौँ, चैत १२ :

नेसनल किक बक्सिङ ऐसोसिएसन नेपालले वाको किकबक्सिङ वर्ल्ड कपमा सहभागिताका लागि पाँच खेलाडी छनोट गरेको छ ।

दशरथ रंगशालामा भएको छनोट प्रतियोगिताबाट चार पुरुष र एक महिला खेलाडी छनोट गरेको सङ्घले जनाएको छ ।

पुरुष ५७ केजीमुनि सुदूरपश्चिम प्रदेशका आसिक कोली, ६७ केजीमुनि बागमती प्रदेशका सागर दर्जी, ६९ केजीमुनि बागमतीका सुनिम श्रेष्ठ र ७१ केजीमुनि बागमतीका कोशिस श्रेष्ठ छानिए । महिला ५१ केजीमुनि बागमतीकी सन्जु सुम्बा तामाङ सहभागी हुने छिन् ।
   
थाइल्यान्डमा हुने प्रतियोगिताका लागि खेलाडीको बन्द प्रशिक्षण आज मङ्गलबारदेखि सुरु हुने संघले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार