बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
खेलकुद क्रिकेट

आइपिएल क्रिकेट : पहिलो खेलमा राजस्थान रोयल्सलाई हैदरावादले ४४ रनले हरायो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १० चैत, २०८१ मा प्रकाशित
आइपिएल क्रिकेट : पहिलो खेलमा राजस्थान रोयल्सलाई हैदरावादले ४४ रनले हरायो
काठमाडौँ, चैत १० :

इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज भएको पहिलो खेलमा सनराइजर्स हैदरावादले जित निकालेको छ । 

भारतको राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा हैदरावादले राजस्थान रोयल्सलाई ४४ रनले पराजित गर्दै विजयी भएको हो । जितसँगै हैदरावादले दुई अङ्क जोडेको छ ।

हैदरावादले दिएको दुई सय ८७ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै दुई सय ४२ रनमा समेटियो । राजस्थानका लागि ध्रुव जुरेलले ३५ बलमा छ चौका र पाँच छक्काको मद्दतले सर्वाधिक ७० रनको योगदान गरे । 

यसैगरी सन्जु सामसनले ३७ बलमा सात चौका र चार छक्कासहित ६६ रन जोडे भने सिम्रन हेटमायरले ४२, शुभम दुबेले अविजित ३४ तथा नितेश राणाले ११ रन बनाए । 

हैदरावादका लागि हर्षल पटेल र सिमरजित सिंहले समान दुई दुई विकेट लिए भने मोहम्मद शामी र एडम जाम्पाले समान एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदरावादले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै दुई सय ८६ रनको योगफल बनाएको थियो । हैदरावादका लागि इशान किसनले ४७ बलमा ११ चौका र छ छक्काको मद्दतले अविजित एक सय छ रनको योगदान दिए । 

यसैगरी ट्रभिस हेडले ३१ बलमा नौ चौका र तीन छक्कासहित ६७ रन बनाए । हेनरिक क्लासनले ३४, नितिशकुमार रेड्डीले ३० र अभिषेक शर्माले २४ रन बनाए ।

राजस्थानका लागि तुषार देशपाण्डेले तीन विकेट लिए भने महेश तिक्क्षणाले दुई तथा सन्दीप शर्माले एक विकेट लिए ।  

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार