
Photo: BBC
चैत १० :
दक्षिणी गाजा शहर खान युनिसमा इजरायली हवाई आक्रमणमा हमासका शीर्ष राजनीतिक नेता सलाह अल- बर्दाविल मारिएका छन् ।
हमासका एक अधिकारीलाई उदृध गर्दै आक्रमणमा बर्दाविल र उनकी श्रीमती दुवैको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ । यद्यपि, इजरायली अधिकारीहरूबाट अहिलेसम्म कुनै टिप्पणी आएको छैन ।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका एक अधिकारीले विगत २४ घण्टामा गाजा पट्टीका विभिन्न भागहरूमा ३२ प्यालेस्टिनीहरूको मृत्यु भएको जनाएको छ ।