बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
समाचार विदेश

युक्रेनद्वारा रूसको बेलगोरोडमा रहेका ३० भन्दा बढी बस्तीमा आक्रमण

· शनिबार, ९ भदौ, २०८१ मा प्रकाशित
युक्रेनद्वारा रूसको बेलगोरोडमा रहेका ३० भन्दा बढी बस्तीमा आक्रमण
भदौ ९ :

युक्रेनको सशस्त्र सेनाले पछिल्लो २४ घण्टामा रूसको सीमा क्षेत्र बेलगोरोडका ३० भन्दा बढी बस्तीमा आक्रमण गरेको बेल्गोरोडका गभर्नर व्याचेस्लाभ ग्लाडकोभले बताउनुभएको छ । 

आक्रमण उक्त क्षेत्रका नौ जिल्लाहरूमा लक्षित गरिएको र पाँच जना घाइते भएका ग्लाडकोभले सामाजिक सञ्जाल टेलिग्राममा गरेको पोस्टमा उल्लेख छ । 

रूसले गत हप्ता बेलगोरोड क्षेत्रमा सङ्घीय स्तरको आपतकालको घोषणा गरेको थियो । यहाँ युक्रेनी सेनाले रूसी सिमाना नजिक आफ्नो आक्रमण जारी राखेको छ ।

रूसी सेनाले युक्रेनी सशस्त्र सेनाको आक्रमणलाई आफ्नो क्षेत्रमा पन्छाउन जारी राखेको र युक्रेनले पछिल्लो २४ घण्टामा ३६० भन्दा बढी सैनिक र २९ वटा सशस्त्र सवारीसाधन गुमाएको रूसको रक्षा मन्त्रालयले जनाएको छ ।।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार