काठमाण्डौं, भदौ ९ :
सिन्धुलीको गोलोन्जोर गाउँपालिका–१ स्थित कुडुलेबाट सुनकोसी नदीमा खस्दा ३ जना वेपत्ता भएका छन् । नदीमा खसेको हाइलेक्स जीप भेटिएको छ । खोटाङबाट काठमाडौँतर्फ आउँदै गरेको हाइलेक्स जीप दुर्घटना भएको हो ।
बेपत्ता हुनेमा भक्तपुरको जगाती बस्दै आएका ३२ वर्षीय अबिन बाके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षका बलाम घटुवा छन् । गाडी अबिन बाकेले चलाएको जनाईएको छ ।
सुर्यबिनायक नगरपालिका स्थित जगातेमा बस्ने २७ वर्षीय सुशान्त कक्षपति भने हाम्फालेर बाँचेका छन् । कक्षपति घाईते छन्। नदीमा खसेको सो जीप निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’