शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार राजनीति भिडियो

‘खानेपानीको दिगो समाधान गर्न ठुला जलाशययुक्त आयोजनाको सम्भाव्यता अध्ययन भइरहेको छ’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ८ चैत, २०८१ मा प्रकाशित
‘खानेपानीको दिगो समाधान गर्न ठुला जलाशययुक्त आयोजनाको सम्भाव्यता अध्ययन भइरहेको छ’
काठमाडौं, चैत ८ :

खानेपानीमन्त्री प्रदीप यादवले खानेपानीको दिगो समाधान गर्न ठूला खानेपानी जलाशययुक्त आयोजनाको सम्भाव्यता अध्ययन भइरहेको बताएका छन् ।

राष्ट्रियसभाको आज (शुक्रबार) को बैठकमा सांसद भुवनबहादुर सुनारको मौखिक प्रश्नको जवाफ दिँदै मन्त्री यादवले खानेपानीको समस्या समाधान गर्न सुनकोसी तथा राप्ती खोला डाइभर्सन गरी थोक वितरण प्रणालीमार्फत खानेपानी व्यवस्थापन गर्नेलगायत ठुला जलाशययुक्त खानेपानी आयोजनाको सम्भाव्यता अध्ययन कार्य अघि बढाइएको जनाए ।

मन्त्री यादवले सुक्खा मौसमसँगै वर्षा नहुञ्जेलसम्म तराई मधेसमा चापाकल, नदीनाला सुकी पानीको हाहाकार हुनसक्ने समस्या सम्बोधनका लागि डिप ट्युवेलबाट आयोजना सञ्चालन गरी खानेपानी आपूर्ति बढाउने मन्त्रालयको योजना रहेको बताए ।

तराई-मधेसका जिल्लाहरूमा भूमिगत पानीको सतह घट्दै गइरहेको हुँदा तत्काल समस्या समाधान गर्न सम्बन्धित आयोजना कार्यालयबाट डिप बोरिङका आयोजनाहरु सुरु भइरहेको उनको भनाइ छ । ‘लामो समयदेखि निर्माणाधीन अवस्थामा रही अधुरा रहेका तराई मधेसका ओभरहेड ट्यााङ्कीलगायत २८० खानेपानी आयोजना प्रदेश र स्थानीय तहसँग समन्वय गरी आगामी आर्थिक वर्षमा सञ्चालनमा ल्याउने गरी बजेटको तयारी भइरहेको छ,’ मन्त्री यादवले भने,‘चालु आर्थिक वर्षमा अर्थ मन्त्रालयबाट बहुवर्षीय स्रोत सहमति लिई तराई मधेसका ३८ वटा खानेपानी आयोजनाको ठेक्कामार्फत निर्माण कार्य अघि बढाइएको छ ।’

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को सहकार्यमा पहाडी तथा हिमाली क्षेत्रमा पानीका  स्रोत/मुहानहरूलाई पुनर्जीवित गराउन अध्ययन-अनुसन्धान र मुहान संरक्षण कार्य सुरु गर्ने योजना रहेको मन्त्री यादवले जानकारी गराए । उनका अनुसार सुरक्षित खानेपानीको सुनिश्चितताका लागि प्रत्येक खानेपानी प्रणालीमा ‘क्लोरिनेसन युनिट’ जडान कार्य अघि बढाइएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार