शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

एमालेले गणतन्त्रको पक्षमा चैत महिनाभर जनप्रदर्शन र विशेष सभा गर्ने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ७ चैत, २०८१ मा प्रकाशित
एमालेले गणतन्त्रको पक्षमा चैत महिनाभर जनप्रदर्शन र विशेष सभा गर्ने
काठमाडौं, चैत ७ :

नेकपा एमालेले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न र प्रतिगामी हर्कतविरूद्ध जनतालाई सचेत बनाउनका लागि जनसचेतना अभियान सञ्चालन गर्ने घोषणा गरेको छ । यो अभियान आगामी चैत महिनामा हुँदैछ।

मुलुकमा भइरहेका प्रतिगामी हर्कतविरूद्ध  एमालेले यही चैत ११ गते देशैभर सबै वडामा सचेतना कार्यक्रम गर्ने भएको छ ।जनतालाई सचेत पार्न भन्दै एमालेले जनसचेतना अभियान घोषणा गरेको हो ।

एमालेले चैत ११ गतेदेखि ३० गतेसम्म सबै प्रदेश र जिल्लामा प्रतिगामी हर्कतविरूद्ध जनपरिचालन, जनसचेतना कार्यक्रम आयोजना गर्ने भएको छ ।

यस्तै चैत १८ गते एमालेले धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा मोटर साइकल र्‍यालीसहित जिल्लास्तरीय जागरण सभा आयोजना गर्ने जनाएको छ ।

तयस्तै, चैत २४ देखि ३० गतेसम्म बागमती बाहेकका सबै प्रदेशमा विशेष प्रदर्शन र जनसभा गर्ने कार्यक्रम तय गरेको छ । महासचिव शंकर पोखरेलले सबै प्रदेश र जिल्ला कमिटीका अध्यक्षहरूलाई अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न र तथ्यका आधारमा जनचेतना अभियान चलाउन निर्देशन दिएका छन्।

यो अभियानले संघीय लोकतान्त्रिक गणतन्त्रको महत्त्व र प्रतिगामी हर्कतविरूद्ध जनताको ध्यानाकर्षण गर्नका लागि महत्वपूर्ण भूमिका निभाउने एमालेले विश्वास लिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार