बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
विदेश

सन् २०४० सम्ममा भारतले चन्द्रमामा आफ्नो अन्तरिक्ष यात्री पठाउने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ६ चैत, २०८१ मा प्रकाशित
सन् २०४० सम्ममा भारतले चन्द्रमामा आफ्नो अन्तरिक्ष यात्री पठाउने
फाइल तस्बिर।
नयाँ दिल्ली, चैत ६ :

भारतका सङ्घीय कनिष्ठ मन्त्री तथा अन्तरिक्ष विभागका प्रभारी जितेन्द्र सिंहले बुधबार भारतले सन् २०४० सम्ममा चन्द्रमामा आफ्नो अन्तरिक्ष यात्री पठाउने योजना बनाएको बताएका छन् ।

भारतीय संसदको तल्लो सदनमा एक प्रश्नको जवाफ दिँदै मन्त्रीले त्यसबारे बताएका हुन्।

‘भारतले आफ्नो अन्तरिक्ष स्टेशन स्थापना गर्ने योजना बनाएको थियो, जसलाई भारतीय अन्तरिक्ष स्टेशन भनेर चिनिनेछ,’सिंहले भने, ‘यदि सबै कुरा योजना अनुसार भयो भने, सन् २०४० सम्ममा एक भारतीय अन्तरिक्ष यात्री चन्द्रमामा पुग्नेछन्।’

मन्त्रीले चन्द्रयान–४ (चन्द्रमा मिसन) दुई लन्च भेइकलहरू मार्फत प्रक्षेपण गरिने र यसमा पाँचवटा कम्पोनेन्टहरू हुने बताए । भारतले पहिले सन् २०३५ सम्ममा आफ्नो अन्तरिक्ष स्टेशन हुने घोषणा गरिसकेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार