म्याग्दी, चैत ६ :

म्याग्दीको मालिका गाउँपालिकामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा तीनजना घाइते भएका छन् ।

सुङ्ग्रेपानीबाट मालिक ४, चिउरीबोटतर्फ जाँदै गरेको ग.१ज ५६१२ नम्बरको जिप सडकबाट ५० मिटर तल खस्दा चिउरीबोटका ३१ वर्षीय नगेन्द्र रसाइलीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए ।  

जिपमा चालकसहित पाँचजना यात्रारत थिए । घाइते भएका ओखरबोटका ३३ वर्षीय शेरबहादुर विक, चिउरीबोटका ३१ वर्षीय नगेन्द्र गोतामे र २२ वर्षीय भीमप्रसाद गोतामेको दरबाङ आधारभूत अस्पतालमा उपचार भइरहेको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार चालकको लापरबाहीका कारण दुर्घटना भएको हो । घटनास्थलमा इलाका प्रहरी कार्यालय दरबाङको टोली पुगेर उद्धार गरेको जनाइएको ।