
प्रतीकात्मक तस्बिर ।
माेरङ, चैत ५ :
मोरङको धनपालथान गाउँपालिका–७ स्थित कदमाहा गाउँमा आगलागी भएको छ । आगलागीमा परी ४ वर्षीया बालिका रेस्मा खातुनको जलेर मृत्यु भएको छ ।
वडा अध्यक्ष सन्तोषकुमार यादवका अनुसार आगलागीमा १४ वटा घर जेलेर पूर्ण रुपमा नष्ट भएका छन् । प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको छ । आगलागीबाट भएको क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको जनाइएको छ ।